२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न र चार महिने अभियानको समीक्षा गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको हो ।

पार्टी सचिव राम कार्कीका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ भने चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ । माओवादी केन्द्रको भदौदेखि सुरु अभियान समापन गरिसकेको छ । सात वटै प्रदेशबाट आउने अभियानको रिपोर्टसहित स्थायी कमिटीमा छलफल हुनेछ ।

यस्तै पार्टीले आगामी फागुन पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरेको छ । त्यसका लागि माओवादी केन्द्रले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

पार्टीले यसअघि तोकेका जिम्मेवारीमा समेत हेरफेर हुनसक्ने माओवादी नेताहरुको भनाइ छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।