२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

जिससमा १२ भन्दा बढी कर्मचारी राख्न नपाइने

१७ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति (जिसस) १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ ।

मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई पत्राचार गर्र्दै मन्त्रिपरिषद्ले १६ असोजमा स्वीकृत गरेको जिससको संगठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न पत्र पठाएको हो ।

संशोधित दरबन्दी अनुसार अब जिल्ला समन्वय समितिमा १२ जना सरकारी कर्मचारी र एक जना करारका कर्मचारी बाहेक अन्य कर्मचारी राख्न नपाइने भएको छ ।

जिल्ला समन्वय समितिको प्रमुखको सचिवालयमा खरिदार सरहका एक जना करारमा राख्न पाइने मन्त्रालयले जनाएको छ ।

जिल्ला समन्वयमा कुन पदका कति कर्मचारी, हेर्नुस पत्र

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।