१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

कांग्रेसले फेरि थप्यो भ्रातृ संस्थाको अवधि

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना अवधि थपेको छ ।

पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको अवधि छ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद पुन थपिएको हो । कांग्रेसका भ्रातृ संस्थाहरुले महाधिवेशन गर्न नसकेपछि भंग गरि तदर्थ समिति बनाएको छ ।

नेविसंघ र तरुण दलको २०७२ र महिला संघले २०७३ सालमा अधिवेशन गरेका थिए । निर्वाचित समितिको अवधि सकिएपछि नेविसंघ, तरुण दल, महिला संघले अधिवेशन गर्न सकेका छैनन् । किसान संघले पहिलो अधिवेशन नै गर्न सकेको छैन । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले भने आगामी जेठ २६ देखि २८ सम्मका लागि अधिवेशन गर्ने निर्णय गरेको छ ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।