२९ माघ २०८२, बिहीबार
खेलकुद समाचार समाज

एनएसएल उपाधिका लागि धनगढी र ललितपुर भिडन्त

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स यसअघि नै एलिमिनेटरमा ललितपुरसँग पराजित हुँदै बाहिरिएपछि एनएसएलले नयाँ विजेता पाउने पक्का भएको हो ।

पहिलो संस्करण फाइनल पुगेपनि पराजित भएको धनगढी एफसी लगातार दोस्रोपटक फाइनल खेल्दैछ र उसलाई फाइनलको अनुभव थाहा छ । ललितपुर भने पहिलोपटक फाइनल पुगेको हो र उसका लागि यो नयाँ अनुभव हुनेछ ।

यसपटक रमाइलो संयोग के रह्यो भने धनगढी र ललितपुर दुवैले एउटै टिम पोखरा थण्डर्सलाई हराएर फाइनल पुगेका हुन् । फ्रेन्चाइज लिगहरुमा लिग चरणको खेलपछि प्लेअफका खेलहरु हुने भएकोले शीर्ष दुईमा रहने टिमले फाइदा पाउँछन् ।

लिगमा पोखरा शीर्ष स्थानमा थियो भने धनगढी दोस्रो तथा ललितपुर चौथोमा थियो । पहिलो क्वालिफायर पोखरा र धनगढीबीच भयो । धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुग्यो । त्यसपछि ललितपुरले एलिमिनेटरमा काठमाडौंलाई पराजित गर्‍यो । तर, ललितपुरले फेरि अर्को खेल खेल्नुपर्‍यो । त्यो खेल पोखरासँग थियो । पोखरालाई २-१ ले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढीसँग उपाधि भेट पक्का गरेको हो ।

लिगमा शीर्ष स्थानमा रहेर दुई पटक अवसर पाउँदा पनि पोखरा भने फाइनल पुग्न सकेन ।

तथ्याङ्कमा धनगढी र ललितपुर कस्तो छ ?

  • यो खेल यसपल्टको ४०औं र समग्रमा ६५औं खेल हुनेछ ।
  • यो प्रतियोगिताको इतिहासमा दोस्रो फाइनल मात्रै हो । धनगढी लगातार दोस्रोपल्ट फाइनल खेल्दैछ । ललितपुरका लागि भने यो पहिलो फाइनल अनुभव हुनेछ । वर्ष ०७८ को फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई १-० ले हराएको थियो ।
  • धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई टाइब्रेकरमा ४-३ ले हराएको थियो । त्यस अगाडिको १२० मिनेटको खेल २-२ को बराबरीमा रहेको थियो । लिग चरणमा धनगढी दोस्रो स्थानमा रहेको थियो ।
  • ललितपुरले भने प्ले–अफमा दुई खेल खेलेको थियो । लिग चरणमा चौथो स्थानमा रहेपछि ललितपुरले इलिमिनेटरमा काठमाडौंलाई ३-० ले हराएको थियो भने दोस्रो क्वालिफायरमा पोखरालाई २-१ ले पराजित गरेको थियो ।
  • धनगढीका प्रशिक्षक युगलकिशोर राई दोस्रो पल्ट फाइनलको अनुभव बटुल्दै छन् । उनकै नेतृत्वमा धनगढीले पछिल्लो सिजन पनि खेलेको थियो । ललितपुरका प्रशिक्षक इयान एन्ड्र्यु गिलानका लागि यो पहिलो फाइनल अनुभव हुनेछ । उनी आफ्नो टिमलाई एनएसएलको फाइनल पुर्‍याउने पहिलो विदेशी प्रशिक्षक हुन् ।
  • धनगढी र ललितपुरबीच अहिलेसम्म दुई खेल भएका छन् । दुवै खेल बराबरीमा टुंगेको छ । वर्ष ०७८ मा भएको पहिलो खेल १-१ को बराबरीमा टुंगेको थियो । त्यसमा धनगढीले ओलावाले आफिजको गोलले ७२औं मिनेटमा अग्रता लिएको थियो । ललितपुरका लागि रञ्जन विष्टले ७८औं मिनेटमा बराबरी गोल फर्काए ।
  • यसपल्टको लिग चरणको खेलमा भने धनगढी र ललितपुरले गोलरहित बराबरी खेलेका थिए ।
  • लिग चरणका आठ खेलसमेत गरेर धनगढीले यसपल्ट नौ खेल खेलेको छ । त्यसमा चार जित, चार बराबरी र एक हार रहेका छन् । समग्रमा धनगढीले १७ खेल खेलेको छ । त्यसमा आठ जित, पाँच बराबरी र चार हार रहेका छन् ।
  • ललितपुरले यसपल्ट १० खेल खेलेकोमा त्यसमा चार जित, चार बराबरी र दुई हार छन् । ललितपुर प्रतियोगिता काठमाडौंसँगै समग्रमा सबैभन्दा बढी खेल खेलेको टिम हो । उसले अहिलेसम्म १८ खेल खेलेको छ र फाइनल उसको १९औं खेल हुनेछ । अहिलेसम्मका तीन खेलमा सात जित, सात बराबरी र चार हार रहेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected