२१ फाल्गुन २०८२, बिहीबार
राजनीति

लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।

उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो ।

२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि प्रतिनिधि सभाका केही बैठकमा उपस्थित भएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि सम्पर्क बिहीन थिए ।

प्रहरी प्रधान कार्यालयको पत्र समेतका आधारमा निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए ।

हेर्नुहोस् संघीय संसद सचिवालयको पत्र 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।