८ पुष २०८२, मंगलवार
अर्थ

विद्युतीय गाडीको आयात तीन गुणाले बढ्यो

८ मंसिर, काठमाडौं । सरकारले विद्युतीय गाडीमा प्रोत्सानको नीति लिएपछि त्यसको आयातमा झण्ढै ३ गुणाले वृद्धि भएको छ ।

भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ बराबर छ ।

जबकि गत वर्षको यही अवधिमा नेपालमा एक हजार ३ सय ५३ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान भित्रिएका थिए ।

चालु आर्थिक वर्षको ५ महिनामा विद्युतीय कारको आयातबाट सरकारले ३ अर्ब ९२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

विभागकाअनुसार मंसिरम्म ५० किलोवाट भन्दा तल्लो रेन्जका एक हजार ५ सय ९५ थान विद्युतीय कार नेपाल भित्रिएका छन् । ती गाडीको लागत २ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ छ ।

यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका २ हजार २८ थान विद्युतीय कार नेपाल आयात भएको छ जसको लागत ५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ हाराहारी छ भने २ सय किलोवाट मुनिको सेग्मेन्टका २६ करोड २६ लाख रुपैयाँ बराबरको ५२ थान यस्ता भ्यान, कार र जीप आयात भएका छन् ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने