२१ फाल्गुन २०८२, बिहीबार
राजनीति

गणतन्त्रको विरोधमा लाग्नेहरु विरुद्ध एकजुट हुनुपर्छ : देउवा

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति भएको बताए ।

सभापति देउवाले आफूले नख्खु जेलमा पहिलोपटक किसुनजीलाई भेटेको स्मरण गरे । ‘कहिले पनि हरेश नखाएको मानिस । कहिले पनि चिन्ता नगरेको व्यक्ति । उहाँ माथि कुनै दाग लाग्न सक्दैन,’ देउवाले भने ।

भट्टराईमा कुनै लोभ नभएको र बदनामीले नछोएको व्यक्ति भएको देउवाले बताए । भट्टराईको बारेमा थप खोजनीति आवश्यक रहेको देउवाको भनाई थियो ।

भट्टराईको शताब्दी जन्मदिवस मनाउनका लागि कांग्रेसले केन्द्रीय तहमा आइतबार पार्टी कार्यालयमा विमर्श कार्यक्रम राखेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।