१४ कार्तिक २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

छिट्टै लालपुर्जा वितरणको अभियान सुरु हुँदैछ : प्रचण्ड

७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लालपुर्जा वितरणको अभियान छिट्टै सुरु हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रले काठमाडौंको बूढानीलकण्ठमा आयोजना गरेको कार्यक्रममा उनले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीको समस्या हल गर्न सरकारले नयाँ कानुन ल्याउन लागेको र त्यसले लालपुर्जा वितरणलाई सहज बनाउने बताएका हुन् ।

‘लालपुर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुँदैछ । म तपाईंहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्याको समाधान गर्न एक वर्षदेखि पहल गर्दा ऐनमा भएका केही त्रुटिका कारणले रोकिएको थियो’, उनले भने, ‘उपत्यका बाहेकका बाँकी जिल्लामा वन र भूमि ऐन आपसमा बाझिँदा यो समस्या थियो । त्यो गाँठो यस पटक मैले फुकाउँदैछु ।’

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘त्यसमा राजनीतिक सहमति जुटिसकेको छ, सरकारमा चर्चा भइसकेको छ, छिटै नै तपाईंले देख्नुहुनेछ, ५० औं वर्षदेखिका समस्या, अव्यवस्थित बसोवासीका, स्वबासीको समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था हुँदैछ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।