२१ फाल्गुन २०८२, बिहीबार
राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन, पार्टीले सन्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए ।

विशेष गरी आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र आगामी १६ पुसमा समापन हुन लागेको पार्टीको अभियानका विषयमा बैठकमा छलफल हुने उनको भनाइ छ । अभियानको समीक्षाका लागि केन्द्रीय समितिको बैठक बोलाउने मिति यो बैठकले तय गर्ने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एक वर्ष पुगेकाले त्यसको समीक्षा पनि हुने बताइएको छ ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।