८ पुष २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

त्रिविको दीक्षान्त समारोहले एनएसएलको खेल तालिका प्रभावित, आज खेल नहुने

१ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त समारोहका कारण दशरथ रंगशालमा भइरहेको नेपाल सुपर लिग (एनएसएल) ३०२३ प्रभावित भएको छ ।

त्रिविको दीक्षान्त समारोहका लागि पुस १ र २ गते रंगशाला माग भएपछि एनएसएलको खेल तालिका प्रभावित हुने भएको हो ।

रंगशालामा त्रिविको कार्यक्रम हुने भएपछि दुई दिनको खेल तालिका परिवर्तन भएको एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

आयोजकले एनएसएल अवधिभरका लागि दशरथ रंगशालमा बुक गरेको थियो तर त्रिभुवन विश्वविद्यालयको आग्रहलाई स्वीकार गर्दै खेल तालिका परिवर्तन गरेको आयोजकले जनाएको छ ।

आयोजकले आज १ पुसमा तय भएको खेल पछि सारेको छ र आज कुनै खेल हुने छैन । आज तय भएको काठमाडौं रेजर्स र धनगढी एफसीबीचको खेल सोमबार साँझ ६ बजेका लागि सारिएको छ ।

आयोजकले २ पुसमा दीक्षान्त समारोह सकिएपछि दिउँसो तीन बजे रंगशालमा एनएसएल आयोजकलाई हस्तानतरण गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै सोमबार ५ बजे तय भएको स्पोर्टिङ इलाम र ललितपुर सिटी एफसीको खेल मंगलबार दिउँसो १ बजे हुने भएको छ । जसले गर्दा मंगलबार दुई खेल हुनेछन् । यी दुई खेल बाहेक अन्य खेल भने पुरानै तालिका अनुसार हुनेछ ।

एनएसएलमा अब लिग चरणमा ९ खेल बाँकी छ । त्यसपछि प्लेअफ र फाइनलमा चार खेल हुनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected