६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त

ललितपुरमा युवकलाई गोली हानेको ठाउँमा प्रहरीले भेट्यो खिया लागेको पेस्तोल

२६ मंसिर, काठमाडौं । प्रहरीले मंगलबार गोली हानेर पक्राउ गरेको युवक अविनाश राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने एमफेटामिनसहित उदयपुरका राई पक्राउ परेका छन् ।

ललितपुरको झम्सीखेलमा राई रहेको स्थानमा प्रहरी पुग्ने बित्तिकै उनले प्रहरी टोलीमाथि आक्रमण गरेको रेग्मीले दाबी गरे । त्यसक्रममा नियन्त्रणमा लिन गोली चलाएको उनको भनाइ छ ।

प्रहरीको गोली राईको दाहिने खुट्टामा लागेको छ । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाएर राईलाई पक्राउ गरेको ठाउँमा प्रहरीले खिया लागेको पेस्तोल र त्यसमा लाग्ने केही राउण्ड गोली भेटेको जनाएको छ ।

पक्राउ परेका राई लागूऔषधको मुख्य कारोबारी भएको दाबी प्रहरीको छ । लागूऔषध एमफिटामिन विशेषतः विभिन्न ड्रग पार्टीहरुमा प्रयोग हुँदै आएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ कात्तिकमा पनि काठमाडौंको गोठाटारमा गोली चलाएको थियो । त्यतिबेला पनि लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको प्रहरीको दाबी थियो ।

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)