७ पुष २०८२, सोमबार
खेलकुद समाचार समाज

काठमाडौंमाथि बुटवलको जित

२३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी एफसीले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सविरुद्ध जित हात पारेको छ । शनिबार भएको खेलमा २–१ को जित निकाल्दै बुटवलले काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लगायो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलले २९औं मिनेटमा स्टेफेन बिनोङको गोलबाट अग्रता लिएको थियो । सरोज तामाङले हानेको फ्रिकक बलमा काठमाडौंका गोलकिपर अभिषेक बरालले केही अगाडि बढेर पञ्च गरेका थिए ।

तर पूर्ण रुपमा क्लियर नभएको बलमा जिलेस्पी जंग कार्कीले फितलो प्रहार गरे । त्यो बलमा सिक्स यार्डमा रहेका हानेको बल टचलाइनमा रहेका कुलदीप कार्कीले रोके । रिबाउन्स बल बिनोङकै खुट्टामा लागेर गोलमा परिणत भयो ।

खेलको ६१ औं मिनेटमा एरिक विष्टले अग्रता दोब्बर बनाए । जिलेस्पी जंग कर्कीले दिएको क्रसमा कप्तान विष्टले लेफ्ट फुटेड सट हाने, जुन सहजै गोलमा परिणत भयो ।

खेलको इन्जुरी टाइमका काठमाडौंका राजिव लोप्चेनले गोल गरेपनि टोलीको हार टर्न सकेनन् । केनगुए ओलिभरले दिएको क्रसमा एनकुनगुए जुनियरले हेडर पास दिए, जसमा लोप्चनले निकै राम्रो फिनिसिङ गर्दै गोलमा परिणत गरे ।

जितसँगै ५ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ५ अंकसहित छैटौं स्थानमा छ । लिग लिडर पोखरा थन्डर्सको ८ अंक छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected