२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछः केपी ओली

२२ मंसिर, काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘ एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामी बाहेकका अरु त एकजुट भएर लागेकै छन् नि । त्यसकारण उनीहरुको काम भनेको एमालेको बिरोध गर्ने हो, खेदो खन्ने हो । विकास निर्माण होइन, जनतासँग सरोकार छैन । राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुराउँछन् ।’

उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए । उनले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गरे ।

‘नेकपा एमाले एउटा साधारण प्रतिपक्ष होइन । इतिहास रचना गरेर आएको इतिहास बनाएको, इतिहास बनाउन नेतृत्व गरेको, इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी हो, उनले भने, ‘देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ ।यस्तो पार्टी बनाउन सक्दैन ।’

उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । उनले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताए ।

उनले भने, ‘ तत्कालीक समस्याहरुको अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको छ । मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनउान र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो ।’

अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।