३० फाल्गुन २०८२, शनिबार
राजनीति

एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो : शेखर कोइराला

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता. डा शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् ।

पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष मिलेको आरोप लगाए ।

‘यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो ?’ नेता शेखरले भने ।

ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनमा मंगलबार बोल्ने क्रममा कोइरालाले अहिले सबैतिर असन्तुष्टि रहेको बताए । नागरिक असन्तुष्टि हुनुमा प्रमुख कारण भ्रष्टचार रहेको उनले बताए ।

कृषिमा आधारित उद्योगहरुलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरु सिर्जना हुने कोइरालाको दाबी छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।