२६ बैशाख २०८३, शनिबार
राजनीति

एनसेललाई त्यतिकै छाडिन्न, अध्ययन गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

सोमबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको विषयमा सरकारले अध्ययन गर्ने बताएका हुन् ।

‘सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवम् यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिइसकेको छु,’ उनले भने ।

यो विषय नेपाल दूरसञ्चार प्राधिकरण र कर प्रणालीसँग जोडिएकोले अध्ययन नगरी अघि नबढ्ने उनले बताए । ‘यसको अध्ययनका लागि टिम बन्छ अनि मात्र अघि बढ्छ । मैले मुख्य सचिवलाई मैले यससम्बन्धी निर्देशन दिएको छु,’ उनले भने ।

मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने जानकारी गत शुक्रबार दिएको थियो ।

आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

तर, २०२९ सम्म एनसेलले पाउने लाभांशको हिस्सा भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजियाटाले जनाएको छ ।

आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग एनसेलको ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ खरिद गरेको थियो । सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो ।

तर, त्यसको साढे सात वर्षपछि कम्पनी त्यसको तुलनामा अत्यन्तै काम मूल्यमा शेयर विक्री गरी नेपालबाट बाहिरिने निर्णय गरेपछि नीति निर्माताहरुले यसलाई शंकास्पद मानिरहेका छन् । एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानुनअनुसार त्यसपछि एनसेलको सम्पत्ति सरकारको नाममा आउनेछ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।