२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

आज काठमाडौंविरुद्ध एफसी चितवन भिड्दै

१२ मंसिर, काठमाडौं ।नेपाल सुपर लिग २०२३ मा मंगलबार दोस्रो चरणका खेल सुरु हुँदैछन् ।

सहभागी टिमको संख्या विजोर रहेको हुनाले स्पोर्टिङ इलामले भने दुई खेल खेलिसकेको छ । दोस्रो चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले एफसी चितवनको सामना गर्दैछ ।

यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् :

१. काठमाडौंविरुद्ध चितवनको खेल यसपल्टको प्रतियोगिताको छैटौं खेल हुनेछ । यो दोस्रो चरणको पहिलो खेल हुनेछ । समग्रमा यो प्रतियोगिताको इतिहासकै ३१औं खेल हुनेछ ।

२. काठमाडौं र चितवनबीच अहिलेसम्म एकै खेल भएको छ । पहिलो संस्करणको त्यस खेलमा काठमाडौं २-१ ले विजयी रहेको थियो । त्यस खेलमा काठमाडौंका लागि मेसुके ओलुमोउले १७औं मिनेटमा पहिलो गोल गरे भने संजोक राईले ३४ औं मिनेटमा दोस्रो गोल थपे । जवाफमा राजीव लोप्चनले ४० औं मिनेटमा चितवनका लागि एक गोल फर्काए ।

३. यसपल्टको संस्करणको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलामलाई १-० ले हराएको थियो । चितवन भने पोखरा थन्डर्ससँग १-० ले नै पराजित भएको थियो ।

४. सुरूवाती अंक तालिकामा काठमाडौं तेस्रो स्थानमा छ र उसको तीन अंक छ । चितवन विना कुनै अंक सातौं स्थानमा छ ।

५. काठमाडौंले अहिलेसम्म प्रतियोगितको इतिहासमा १० खेल खेलेको छ । त्यसमा सात खेलमा जितेको छ भने एक बराबरीमा टुंगेको छ । दुई खेलमा पराजित भएको छ । काठमाडौं पछिल्ला तीन खेलमा लगातार विजयी रहेको छ ।

६. चितवनले अहिलेसम्म सग्रमा सात खेल खेलेको छ र यसमा जितविहीन रहेको छ । यी खेलमा चितवनले दुई बराबरी खेलेको छ भने बाँकी सबै पाँच खेलमा पराजित भएको छ । प्रतियोगिताको छोटो इतिहासमा यो सबैभन्दा खराब प्रदर्शनको क्रम हो ।

७. चितवन काठमाडौंविरुद्धको खेलमा आफ्नो पहिलो जितको प्रयासमा हुनेछ । उसको सामु लगातार छैटौं हार टार्ने चुनौती पनि हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected