२९ माघ २०८२, बिहीबार
खेलकुद समाज

यमन र नेपालबीचको पहिलो हाफ गोलरहित

५ मंसिर, काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल र यमनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालको फिनिसिङ राम्रो हुन सकेन । अग्रपंतिमा खेलेका जिलेस्पी जंग कार्की फिक्का देखिए ।

यमनका लागि ३२ मिनेटमा अहमद माहेरले पेनाल्टी बक्स भित्रबाट हानेको बल पोष्ट माथिबाट बाहिरिएको थियो ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यमन विरुद्ध पहिलो रोजाईँमा यसअघिको खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए ।

अनन्त तामाङ, दिनेश हेन्जन र एरिक विष्ट पहिलो रोजाईँमा पर्दा मनिष डाँगी र छिरिङ लामा बेन्चमा छन् । यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४-० ले यमन बहराइनसँग २-० ले पराजित भएको थियो ।

घरेलु मैदानमा भएको खेल हेर्न ठूलो संख्यामा समर्थकहरु रंगशालामा पुगेका छन् ।

नेपालको प्लेइङ ११

किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पी जंग कार्की र सेसेहाङ आङ्दाम्बे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected