१७ बैशाख २०८३, बिहीबार
खेलकुद मुख्‍य समाचार

यमनविरुद्ध घरेलु मैदानमा जित्ने अवसर, अन्जनलाई कीर्तिमान बनाउने मौका

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचमा रहेको नेपालले आज घरेलु मैदानमा यमनसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका सात बजे हुने उक्त खेलमा नेपालसामू अंकको खाता खोल्ने अवसर हुनेछ ।

समूहको पहिलो खेलमा युएईसँग ४-० ले पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो । यमन भने पहिलो खेलमा बहराइनसँग घरेलु मैदानमा २-० ले पराजित भएको थियो । यमन र नेपाल दुवै प्रारम्भिक चरणको छनोट खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

यस समूहमा रहेका दुई बलिया टोली युएई र बहराइन हुन् । त्यसपछि नेपाल र यमनको हैसियत करिब उस्तै-उस्तै छ । फिफा वरीयतामा यमन १५६ औं स्थानमा रहँदा नेपाल १७३ औं स्थानमा छ ।

घरेलु समर्थक अघि आफ्नो अनुकुल समयमा खेल्न पाउँदा नेपाल सामु यमनलाई हराएर ३ अंक जोड्ने अवसर पनि हुनेछ ।

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेल्दा कुनै खेल जित्न सकेको छैन । २०१७ मा एसियन कप छनोट अन्तर्गत घरेलु मैदान हलचोकमा भएको खेलमा गोलरहित बराबरी खेल्नु नै नेपालको ठूलो उपलब्धि हो ।

त्यसैले यस पटक समर्थक र खेलाडीलाई पनि आशा दिलाउनका लागि यमन विरुद्ध जित्दै अंक जोड्ने लक्ष्य रहेको नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बताएका छन् । ‘हामी यो खेल जित्न चाहन्छौँ । समर्थक र खेलाडीलाई आशा दिलाउन पनि यो खेल जित्नुपर्छ । हामी अंक जोड्न चाहन्छौं,’ उनले भने ।

यस्तै कप्तान किरण कुमार लिम्बुले पनि प्रशिक्षकको भनाइमा सहमति जनाउँदै यमन विरुद्धको खेल महत्वपूर्ण हुने बताएका छन् । ‘खेलका लागि उत्सहित छौँ र जित्नका लागि चुनौती पनि छ । यहाँबाट अघि बढ्नका लागि यो खेल महत्वपूर्ण रहेकाले हामीले जित्नुपर्छ,’ कप्तान किरणले भने ।

यमनका प्रशिक्षक भन्छन्- नेपालसँग खेल्न सजिलो हुँदैन

उता यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले पहिलो खेलमा बहराइनसँग पराजित भएकाले नेपालसँगको खेल महत्वपूर्ण रहेको बताए । ‘हामी पहिलो खेलमा घरेलु मैदानमै बहराइनसँग पराजित भयौं । दुई गल्तीले गोल खायौं । हाम्रो समूहमा युएई र बहराइन जस्ता टोली छन् । नेपाल पनि छ । त्यसैले नेपालसँगको खेल महत्वपूर्ण छ,’ उनले भने ।

साउकोपले नेपाल विरुद्धको खेलका लागि आफ्नो टिम तयार रहेको तर नेपालसँगको खेल सहज भने नभएको बताएका छन् । यद्यपि आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने विश्वास उनले राखेका छन् । ‘नेपालसँग खेल्न सजिलो हुँदैन । नेपाल पहिलो खेलमा युएईसँग ४-० ले हारेपनि राम्रो खेलेको थियो । युएईमा गएर गोलको अवसर बनाउनु राम्रो हो । यमनको टिम पनि खेल्न तयार छ,’ साउकोपले पनि नेपालसँगको खेलबाट अंकको खाता खोल्ने लक्ष्य रहेको बताए ।

अन्जनलाई कीर्तिमान बनाउने अवसर

यमन विरुद्धको खेलमा नेपालको पहिलो रोजाईमा को-को खेल्छन् त्यो पनि महत्वपूर्ण हुने नेपालका प्रशिक्षक एनेसले बताइसकेका छन् । युएईविरुद्ध पहिलो रोजाइमा खेलेका मिडफिल्डर लकेन लिम्बु त्यस खेलमा घाइते भएका थिए र यमन विरुद्ध खेल्ने छैनन् ।

अहिले नेपाली टिममा कप्तान किरणसहित रोहित चन्द र अन्जन विष्ट मात्र अनुभवी खेलाडीको रुपमा छन् । चोटका कारण अर्का अनुभवी खेलाडी अनन्त तामाङ युएई गएका थिएनन् । उनले यमन विरुद्ध खेल्ने वा नखेल्ने टुंगो छैन ।

फरवार्ड अन्जन विष्टका लागि भने यमन विरुद्ध गोल गर्द नयाँ कीर्तिमान बनाउने अवसर पनि हुनेछ । अन्जनले राष्ट्रिय टिमका पूर्व फरवार्डद्वय हरि खड्का र निराजन रायमाजीको नाममा रहेको सर्वाधिक १३ गोल गर्ने कीर्तिमान यसअघि लाओस विरुद्धको खेलमा बराबरी गरेका थिए । आज यमनविरुद्ध गोल गरे उनले उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।

हेड टु हेडमा नेपाल र यमन

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।

त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० ले पराजित भएको थियो । यस्तै सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको थियो ।

यस्तै एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २-१ ले पराजित भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected