११ श्रावण २०८१, शुक्रबार
अनौठो संसार

बच्चाको च्यारिटी पसलमा यौन खेलौनाहरु दान गरेपछि…

काठमाडौं । अनाथालय, वृद्धाश्रम तथा च्यारिटी शपहरुमा अक्सर मानिसहरु विभिन्न उपभोग्य सामानहरु दान गर्दछन् । यसमा कपडा, खेलौना तथा विभिन्न दैनिक आवश्यकताका चिजहरु हुन्छन् तर बेलायतको साउथ वेल्सस्थित स्वानसियामा रहेको बाल च्यारिटी पसल बर्नान्डोमा मानिसहरुले यस्ता चिजहरु दान गरिरहेका छन् जसका कारण उक्त च्यारिटी शपले दाताहरुलाई चेतावनी नै जारी गर्नुपरेको छ ।

त्यहाँ कार्यरत एक कर्मचारी भन्छन् : हामीलाई विश्वास नै लागेको छैन कि मानिसहरुले यहाँ सेक्स टोय जस्ता चिजहरु दान गरिरहेका छन् ।

दान गर्ने मान्छेहरुको त्यस्तो हर्कतबाट आजित बनेको बर्नान्डोले सोसल मिडियामा लेखेको छः क्रिपया सोँच विचार गरेर मात्र कुनै चिज दान गर्नुहोस् । यो बच्चाको च्यारिटी पसल हो ।

उसले भनेको छ : कपडा, बच्चाका खेलौना, प्रयोग नभएका ट्वाइलेटका सामान तथा घरेलु सामान जस्ता चिजहरु सहरभरिका च्यारिटी पसलहरुमा लिइन्छ, किनकि यी कुनै यौनजन्य सामान होइनन् । हामी तपाइँहरुलाई सम्झाउन चाहन्छौँ कि यहाँ सिसिटिभी छ र हामी तपाइँहरुले दान गरेका घिनलाग्दा चिजहरु तपाइँलाई नै फिर्ता दिन सक्छौँ ।

च्यारिटी शपको उक्त सोसल मिडिया पोस्टमा मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । एकजनाले लेखेका छन् : खाँचो परेको कुनै व्यक्तिका लागि केही राम्रो गर्न सक्नुहुन्न भने यस्तो मजाक पनि नगर्नुस् ।

बर्नान्डो च्यारिटी शपका प्रवक्ताले भनेका छन् : हामीले आम मानिसहरुबाट प्राप्त हुने दानको सरहाना गर्दछौँ तर यहाँ उटपट्यांग खेलौना नदिनुहोस् । आगामी ठण्डी याममा बर्नान्डोका फ्रन्टलाइन कर्मचारीहरुले पूरै वेल्समा बालबालिका तथा परिवारहरुलाई भोजन तथा कपडा जस्ता आवश्यक वस्तुहरु प्रदान गर्नेछन् ।

हाम्रो पसलबाट जम्मा गरिएको धनले हामीलाई यो महत्वपूर्ण काम अगाडि बढाउनमा मद्दत गर्दछ । त्यसैले कृपया आफ्ना स्थानीय बर्नान्डो स्टोरमा कपडा वा बच्चाका खेलौना दान गर्नुहोस् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्