२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

नेपाली श्रमिक लगेर काम नदिने साउदी कम्पनी कालोसूचीमा, म्यानपावर निलम्बित

२६ कात्तिक, काठमाडौं । नेपाली कामदार लगेर काम नदिई राख्ने साउदी अरेबियाको एक कम्पनीलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालका अनुसार ‘अब्दुल्ला बिन इशा बिन हमद अल अविदान जनरल कन्ट्राक्टिङ इस्ट कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । सो कम्पनीले नेपालबाट श्रम नियम पूरा गरी २०÷२५ जना नेपाली कामदार लगेको तर तलव सुविधा नदिई लामो समयसम्म एउटै कोठामा राखेको पाइएको थियो ।

यी कामदारलाई साउदी अरेयिबा पठाउने म्यानपावर कम्पनी दैलेख ओभरसिज प्रालिको इजाजत समेत निलम्बनमा राखेको निर्देशक भुसालले जानकारी दिए ।

उनका अनुसार सो म्यानपावरबाट साउदी गएका कामदारले २ महिनादेखि अहिलेसम्म काम, तलव र अन्य सेवा सुविधा नपाएको भन्दै नेपाल फिर्ता गराउन माग गरेका थिए ।

त्यसपछि विभागका महानिर्देशक र साउदी अरेबियास्थित नेपाली दूतावासका कर्मचारीले स्थलगत अनुगमन गरेका थिए । सो क्रममा कामदारलाई एउटै कोठामा राखेको, काम नदिएको, खान बस्न र तलव सुविधा नदिएको र केही कामदार बिरामी परेको समेत पाइएको थियो ।

त्यसपछि विभागले उक्त कम्पनी सञ्चालकलाई अबिलम्ब समस्या समाधान गर्न निर्देशन दिँदै कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।