२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

भूकम्पबाट घाइते थप एक जनाको मृत्यु, मृतकको संख्या १५४ पुग्यो

२४ कात्तिक, सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् ।

उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । विष्टको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

यससँगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ ।

हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरुको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।