२९ माघ २०८२, बिहीबार
खेलकुद

टी-२० विश्वकप एसिया छनोट : पहिलो दिन चार खेल, नेपालले सिंगापुरसँग खेल्दै

१३ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो दिन कुल चार खेल हुनेछ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

समूह एअन्तर्गत नै ओमान र मलेसियाबीचको खेल टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । समूह बी कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानीमा हुनेछ ।

१९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।

दोस्रो पटक टी-२० विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाललाई यस पटक घरेलु मैदान र दर्शकको साथ हुनेछ ।

नेपालले सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा डेब्यु गरेको थियो । तर, त्यसपछिका तीन संस्करणमा भने नेपाल छनोट हुन सकेन ।

यस पटक नेपाललाई घरेलु मैदानमै शीर्ष दुईमा रहेर विश्वकप पुग्ने सुनौलो अवसर छ ।

अर्को वर्ष हुने टी-२० विश्वकपमा २० टोली सहभागी हुँदैछन् ।

नेपाली टीम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेट किपर), प्रतिश जिसी, बिबेक यादव, ललित राजबंशी

सिंगापुर टोली :

अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनक प्रकाश, अक्ष रुपक पुरी, थिलिप ओमामदुराई थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, आर्यन रसेल मेनन, अमार्त्य कौल, अर्याविर चौधरी, हर्ष भारद्धाज

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected