२९ माघ २०८२, बिहीबार
खेलकुद

तेस्रो मलिथम फुटबल च्याम्पियनशिपको उपाधि लक्ष्मीपुर एफसीलाई

६ कार्तिक, उदयपुर । स्व. चित्रकुमारी चौधरी (लिम्बु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिप– २०२३ को उपाधि लक्ष्मीपुर फुटबल क्लबले जितेको छ ।

सोमबार उदयपुरको थरुहट रंगशालामा सम्पन्न तेस्रो मलिथम फुटबल च्याम्पियनशिपको फाईइनल खेलमा रातापानी फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै लक्ष्मीपुर एफसीले उपाधी जित्न सफल भएको हो ।

उपाधीसँगै लक्ष्मीपुर एफसीले ३५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता बनेका रातापानी एफसीले २५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता बनेका लक्ष्मीपुर एफसीलाई स्व. चित्रकुमारी चौधरी (लिम्बु)का ससुरा बुबा तथा समाजसेवी महेन्द्र चौधरीले पुरस्कार प्रदान गरे भने उपविजेता बनेका रातापानी एफसीलाई त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले पुरस्कार प्रदान गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका लक्ष्मीपुर एफसीका कप्तान रबिशंकर चौधरी म्यान अफ दि म्याच घोषित भए ।

उनले लक्ष्मीपुरका लागि ह्याट्रिक गोल गरे भने पुष्पलाल चौधरी र अनिश चौधरीले थप क्रमश १–१ गोल गरे ।

आयोजक मलिथम थारु सेवा समाजले थारु समुदायका युवाहरुलाई कुलतबाट टाढा राख्ने उदेश्यले हरेक वर्ष दशैँको अवसरमा प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ । जसमध्ये पहिलो संस्करणको प्रतियोगिता बेलका नगरपालिकाको पुरन्दाहामा सफलतापुर्वक सम्पन्न गरे भने दोस्रो संस्करणको प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको ज्यामिरेमा सम्पन्न गरिसकेका छन् ।

त्यसैलाई नै निरन्तरता दिनको लागि यस पटकको प्रतियोगिता त्रियुगा नगरपालिकाको गाईघाटस्थित थरुहट रंगशालामा आयोजना गरिएको मलिथम थारु सेवा समाजका अध्यक्ष सञ्जय चौधरीले जानकारी दिए ।

क्रिमशन मेशिनरी पार्ट्स सप्लायर्स एण्ड ट्रेडर्सको आर्थिक सहयोगमा सञ्चालन गरिएको यस पटकको प्रतियोगिता कार्तिक ३ गतेबाट सुरु भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected