२० फाल्गुन २०८२, बुधबार
समाज

दशैंमा काठमाडौँका सडक सुनसान

६ कात्तिक, काठमाडौँ। बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् ।

सडकमा सवारी साधान पातलिएका छन् । स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो ।

घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट जान थालेका थिए । अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए ।

नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ ।

नवमीका दिन आफ्ना सवारी साधानलाई धोइपखाली गरी पूजाआजा गरिन्छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व