२० फाल्गुन २०८२, बुधबार
राजनीति

विथोलियो एनएआरएन सम्मेलनको समापन समारोह, गएनन् प्रधानमन्त्री

३ कात्तिक, काठमाडौं । निर्वाचन परिणामलाई लिएर विवाद चर्किएसँगै गैर आवासीय नेपाली संघ (एनआरएन) को समापन समारोह विथोलिएको छ ।

निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शुन्य देखाएपछि मत परिणाम विवादित बन्यो ।

अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँदली गरेको आरोप लगाएका छन् । दुबै पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विवादबारे ब्रिफिङ गरेका छन् र समापन समारोहमा नजान आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले पनि विवादबारे प्रधानमन्त्रीलाई जानकारी आएको भन्दै समापन कार्यक्रममा नजाने संकेत गरे । उनले भने, ‘कार्यक्रम नै स्थगित भन्ने छ, यस्तो विवाद भएको अवस्थामा कसरी जानु होला र ?’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।