६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त

त्रिभुवन विमानस्थलबाट एकैदिन ११४ अन्तर्राष्ट्रिय उडान-अवतरण, बन्यो कीर्तिमान

३० असोज, काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ ।

यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान/अवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडान/अवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ ।

सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् । आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन् ।

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)