२० फाल्गुन २०८२, बुधबार
राजनीति

केदार कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

२६ असोज, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले भने कांग्रेससहित चार दलका नेताहरुको हस्ताक्षर लगेका थिए । दुबैको दाबी परेपछि प्रदेश प्रमुख परशुराम खापुङ थप छलफल गरेर मात्र निर्णय गर्ने मनस्थितिमा देखिएका छन् ।

तत्काल मुख्यमन्त्री नियुक्त नगर्ने संकेत पाएपछि कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।