१७ कार्तिक २०८२, सोमबार
अर्थ मुख्‍य समाचार राजनीति

चिनियाँ तस्करका चालकको बयान : भन्सार प्रशासकले यसमा के छ र मरिहत्ते गरेको भनेपछि फर्कियौं

२४ असोज, काठमाडौं । भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक दाओजिन वाङका चालक लोकेन्द्र पौडेलले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल सामान छुटाउन भन्दै प्रमुख भन्सार प्रशासकलाई भेट्न गउको बयान दिएका छन् ।

वाङले राहुललाई फोन गरेर बोलाएपछि आफूसहित महरा र तिब्बती नागरिक निमा गुरुङ भन्सार प्रमुखको कार्यकक्षमा पुगेको उनले बताएका छन् । त्यसबेला ‘वाङ र असिन’ भनिने अरु दुई चिनियाँ नागरिक भुइँ तलामा बसेको पौडेलको बयान छ ।

जफत भएको भेपको बारेमा कसरी छुटाउने भन्ने विषयमा अरुण पोखरेलसँग राहुल महरा र निमा गुरुङले कुराकानी गरेको पौडेलको बयान छ । तर, पोखरेलले तपार्यंहरुलाई किन चाहियो, यसमा के छर यति सारो मरिहत्ये गरेको भनेको उनले बताएका छन् ।

‘उक्त सामान चेकजाँचका लागि गएको छ, हेर्न मिल्दैन । जफत भइस्केको वस्तु दिन मिल्दैन भनेपछि हामी तिनै जना त्यहाँबाट फर्किएका थियौं’, पौडेलले भनेका छन्, ‘त्यसबेलासम्म भेपभित्र सुन छ भन्ने कुरा मलाई वाङ समेतले नभनेकाले मलाई थाहा थिएन ।’

पछि मिडियामार्फत सुन लुकाइछिपाइ भित्र्याएको भन्ने थाहा भएको उनले बताएका छन् ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने