२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

नेपालगञ्जमा कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हट्यो

२३ असोज, काठमाडौं । नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्‍यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘…जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्‍य रहेको हुँदा मिति २०८०/६/२३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्‍यु र निषेधाज्ञा हटाइएको छ ।’

साथै कुनै अमुक व्‍यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्‍भावमा खलल पुर्‍याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ ।

सामाजिक सन्जालमा लेखेको विषयलाई हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । पछि कर्फ्यु खुकुलो पारिएको थियो ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व