६ फाल्गुन २०८२, बुधबार
साहित्य/ समाचार

बुद्धिसागरको नयाँ किताब ‘उसले दिएको उमेर’

२१ असोज, काठमाडौं । कर्नाली ब्लुज, फिरफिरे, एक्लो उपन्यास लेखेर चर्चा कमाएका लेखक बुद्धिसागर संस्मरण कृति ‘उसले दिएको उमेर’ लिएर फेरि पाठकमाझ सार्वजनिक भएका छन् । उनले यसलाई स्मृति नाम दिएका छन् ।

बुद्धिसागरले पुस्तक सार्वजनिक गर्दै भनेका छन्, ‘उपन्यास र केही ठूला प्रोजेक्टमा हात हाल्ने क्रममा यो स्मृति किताबलाई अन्तिम रुप दिएको हुँ । विगतमा मैले लेखेका अखबारी लेखनलाई रुचाएर पढ्ने गरेका पाठकले यसलाई अवश्य मन पराउनुहुने आशा छ ।’

फाइनप्रिन्टले प्रकाशन गरेको यो उनको पाँचौं पुस्तक हो । यसअघि कर्नाली ब्लुज, फिरफिरे, एक्लो र बुद्धिसागरका कविता छापिएका छन् । १४ संस्मरणसहित २६८ पृष्ठ रहेको उसले दिएको उमेरको मूल्य ५६० राखिएको फाइनप्रिन्टले जानकारी दिएको छ ।

अमेरिकाको आयोवामा सन्चालित प्रसिद्ध फेलोशिप इन्टरनेशनल राइटिङ प्रोग्रामका फेलो बनेका बुद्धिसागरको कर्नाली ब्लुज पेन्गुइन बुक्सबाट प्रकाशित छ । उनको किताबले थुप्रै अन्तर्राष्ट्रिय समीक्षक र पाठकको ध्यान तानेको छ ।

 

थप समाचारहरु

साहित्य/ समाचार

सागर शमशेर राणाको पुस्तक ‘किङ्डम लस्ट’ सार्वजनिक

१९ साउन, काठमाडौं । सागर शमशेर जंगबहादुर राणाको पुस्तक ‘किङ्डम लस्ट’को बिहीबार लोकार्पण गरिएको छ । नेपालमा प्रजातन्त्रका लागि सन्
मुख्‍य समाचार साहित्य/ समाचार

एकै थलोमा अग्रज र अनुज कलाकार

२१ साउन, कास्की । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीहरूसँगै