७ पुष २०८२, सोमबार
खेलकुद प्रदेस समाचार

नेपालीलाई १०० मेगावाटमा खुम्च्याउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण

२१ असोज, काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत विद्युत विधेयक २०८० ले नेपाली लगानीकर्तालाई सय मेगावाटमा खुम्च्याउन खोजेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेपाली लगानीकर्ताहरुको क्षमता बढेको उल्लेख गर्दै नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका छन्, ‘४५६ मेगावाटमो तामाकोशी नेपालीले बनाए । अब एक हजार वा सो भन्दा माथि समेत बनाउन सक्छ । सय मेगावाटमा खुम्च्याउन पाइँदैन् । नेपाली लगानीकर्तालाई बढावा दिनुपर्छ ।’

प्रतिनिधि सभामा प्रस्तुत विद्युत विधेयकमा सय मेगावाट भन्दा बढी जडित क्षमताका आयोजनाहरुलाई सोझै सरकारले सम्झौताद्धारा दिन सक्ने व्यवस्था प्रस्तावित गरिएको छ । यस व्यवस्थाका सन्दर्भमा सरकारले पुर्नबिार गर्नुपर्ने बताउँछन् कांग्रेसकै सांसद रामहरित खतिवडा ।

‘नेपाला निजी क्षेत्र विस्थापित हुने गरी वैदेशिक लगानी ल्याउनु हुँदैन’ विधेयकमाथिको सैद्धान्तिक छलफ,लमा भाग लिँदै सांसद खतिवडाले भने ।

२७ भदौ २०८० मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले प्रतिनिधि सभमा दर्ता गरेको यो विधेयकमाथि संसदमा छलफल सुरु भएको छ । विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विधेयक बनाउँदा सैद्धान्तिक रुपमै नेपाली लगानीकर्ताका लागि सहजीकरण गर्ने गरी प्रष्ट हुन आवश्यक रहेको बताएका हुन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार विद्युत विधेयकमा तीन वटा विषयमा प्रष्टता आवशयक रहेको बताउँछन् ।

पहिलो : तीन खम्बे अर्थ नीति ।

संविधानले तीन खम्बे अर्थ नीति भनेको उल्लेख गर्दै लेखक भन्छन्, ‘सारोकारवालाहरुको चासो छ– निजी क्षेत्रलाई कमजोर आँंकलन गरिएको आशंका छ । प्रस्तावित विधेयकमा सार्वजनिक सरकारी र निजी क्षेत्रलाई संलग्न गराउन पर्छ ।’

दोस्रो : आन्तरिक लगानीको सुरक्षा ।

‘विद्युत उत्पादनमा वैदेशिक लगानी आर्कषित गर्न जरुरी छ । साथै आन्तरिकको आहिलेसम्मको सुरक्षा र थपका लागि सम्भावना खोजी हुनुपर्छ’ उनी भन्छन्, ‘निर्माणधिन क्षेत्रमा पनि निजी क्षेत्र रहेको छ । सरकारले आफ्नो तर्फबट गरोस् र निजी क्षेत्रलाई पनि सुरक्षित गर्नुपर्छ ।’

तेस्रो : सर्वसुलभ विद्युत सेवा । नेपाली जनतालाइ सर्वसुलभ विद्युत उपलब्ध गराउन आवश्यक रहेको र यसका लागि सरकारले विधेयकमा प्रष्टता ल्याउन आवश्यक रहेको उनले बताए ।

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा समाजवादको आधार तयार पार्ने गरी विद्युत विधेयक अगाडि बढ्नुपर्ने बताउँछन् । सय मेगावाटभन्दा माथिका लागि विदेशी लगानीकै अपेक्षा गरेर विधेयक आएको महसुस भएको उल्लेख गर्दै उनले यसमा पुर्नबिचार गर्न सरकारको ध्यानाकर्षण गरे ।

नेकपा एमालेकै सांसद गोकर्ण बिस्टले पनि नेपाली विद्युतमा नेपाली लगानी रहेको उल्लेख गर्दै निरुत्साहित हुने गरी अगाडि जान नहुने बताए । ‘प्रस्तसात विधेयकले नेपाली लगानीकर्तालाई कुनै न कुनै रुपमा हतोत्साहित गर्ने सम्भावना देखाएको छ । यसमा प्रष्टता हुन जरुरी छ ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected