१९ फाल्गुन २०८२, मंगलवार
समाज

जितियाको ब्राण्डिङ गर्न सके आर्थिक समृद्धिमा सघाउ पुग्छ : पर्यटनमन्त्री किराती

२० असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले थारू नेपालको प्राचीन जाति भएकोले जितिया पर्व पनि प्रचीन रहेको बताएका छन् ।

थारू महिला समाज उपत्यका समितिले आयोजना गरेको थारू राष्ट्रिय जितिया पर्वमा बोल्दै मन्त्री उनले जितियालाई ब्राण्डिङ बनाएर विश्वमा चिनाउनु पर्ने बेला आएको बताए ।

उनले भने, ‘जितिया थारूको प्रचीन पर्व हो। यसको मौलिकता र ऐतिहासिकता संरक्षण गर्दै विश्वमा चिनाउने बेला आएको छ।’

उनले थारूको जितिया जीवित सम्पदा भएको भन्‍दै यसलाई संरक्षण गर्न सके पर्यटन प्रवद्धनसँगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिने बताए ।

उनले भने, ‘ यो जीवित सम्पदा हो । यस्ता खालका संस्कृतिहरूलाई संस्कृति संरक्षण गरनको लागि मन्त्रालय लागि परेको छ । यसलाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धि हालिसल गर्न अर्को बाटो खुल्छ। यो ऐतिहासिक र मौलिक दस्तावेजलाई जोगाउन तत्परता हुनु जरुरी छ।’

नेपाल बहुभाषिक संस्कृति भएको देश भएको भन्‍दै थारूको ‌संस्कृतिलाई वृहत्तर ब्राण्डिङको खाँचो रहेको उनले बताए । यसले विदेशी मुद्रा आर्जनका साथै विश्वभर चिनाउने माध्‍यम बन्न सक्‍ने र पर्यटनबाटै आर्थिक समृद्धि पनि हासिल हुने उनको जिकिर थियो।

‘अब जितिया लगायतका थारू संस्कृतिलाई वृहत्त रुपमा ब्राण्डिङ गर्दै लैजानुपर्छ। यसले विश्वभरबाट डलर आउँछ र पर्यटन प्रवर्द्धन हुनुका साथै समृद्धिलाई सम्भव बनाउँछ। हाम्रो सम्पदा पनि बच्यो र पर्यटनमा पनि टेवा पुग्छ।’उनले भने ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व