२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

राष्ट्रपतिलाई विवेकशील साझाको सुझाव : संवैधानिक संस्थाहरूको गरिमा बचाउनुस्

२० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र सम्बर्धन अभियान’ बारे जानकारी गराएको छ ।

पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा.सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विशेष ध्यानाकर्षण गराएको हो।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको सम्वृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलियकरणवाट मुक्त गर्नु पर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराएको थियो।

प्रतिनिधि मण्डलले संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिंदै सबै दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोधसमेत गरेको छ ।

भेटका क्रममा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र सम्वर्धन गरेर मुलुकको सम्वृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।