२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

शिक्षा क्षेत्रको निजीकरणले युवालाई देशमा बस्न नसक्ने बनायो : गोकुल बास्कोटा

१९ असोज, काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद कास्कोटाले शिक्षा क्षेत्रको निजीकरणले शैक्षिक क्षेत्रमा समस्या सिर्जना गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा प्रस्तुत विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले ‘शैक्षिक क्षेत्रमा मुलुक पोलिसी डिपाचरमा जान खोजेको जस्तो’ देखिएको भनी सरकारको ध्यानाकर्षण गरे ।

‘बहुदलीय व्यवस्थाको आगमनसँगै शैक्षिक क्षेत्रमा गरिएको अन्धाधुन्ध निजीकरणको परिणाम, आजको शैक्षिक बेतिथी, अति राजनीतिकरण, गुणस्तरका कमी, ब्रेन डेनको अवस्था, सारा देशका भविष्यका कर्णधारहरुले यो देश मेरो हो र बाँच सक्छु र यो देशलाई योगदान दिन सक्छु भन्ने आधार सिर्जना भएन’ बास्कोटाले भने ।

विद्यालयका नामहरु समेत नेपाली नभएकोमा उनको विरोध छ । ‘कलेजका नामहरु बार्सा, चेल्सी, लिभरपुल’ उनले थपे, ‘के यहाँ सगरमाथा छैन ? जनक छैन । केही पनि छैन ?’

सार्वजनिक विद्यालयमा पढाउने शिक्षकले समेत आफ्नो बच्चालाई सामुदायीक सार्वजनिक विद्यालयमा पढाउने गरी विश्वास गर्न नसकेको बताए । समाजवादमा पुग्नका लागि शिक्षालाई सही रुपमा अगाडि लानुपर्ने उनको भनाइ छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।