२९ माघ २०८२, बिहीबार
खेलकुद

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि

१८ असाेज, काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ।

भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्।

१३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन्। आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेदरल्यान्ड्स छन्।

लिग चरणमा ४५ र सेमिफाइनलान २ र फाइनल गरी प्रतियोगितामा कुल ४८ खेल खेलाइनेछ। ती खेलहरू हैदरावाद, अहमदावाद, दिल्ली, चेन्नाई, लखनऊ, बैंग्लुरू, पुने, मुम्बई र कलकत्तामा खेलाइनेछ।

क्रिकइन्फोका अनुसार सेमिफाइनलमा भारत र पाकिस्तान खेल्ने निश्चित भए उक्त खेल कोलकातामा मात्र खेल्नुपर्नेछ।

सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे समेत राखिएको छ। वर्षा र अन्य कारणले खेल रोकिएको अवस्थामा अर्को दिन खेलाइनेछ।

आईसीसीले प्रतियोगिताको कुल पुरस्कार राशि १० मिलियन अमेरिकी डलर राखेको छ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected