२० फाल्गुन २०८२, बुधबार
राजनीति

माग पूरा नभए शुक्रबारदेखि सेवा रोक्ने स्थानीय तहका कर्मचारीको चेतावनी

१७ असोज, काठमाडौं । संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन नगरे शुक्रबारदेखि सेवा रोक्ने चेतावी दिएका छन् ।

मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै यस्तो चेतावनी दिएका हुन् ।

सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरुको छ ।

स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीको छ । स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग छ ।

यही माग राखेर मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गरका छन् । सरकारले संघीय निजामती सेवा ऐन संसदमा दर्ता गर्न अन्तिम तयारी गरिरहेकाबेला स्थानीय तहका कर्मचारीको सकड आन्दोलनले सरकार अन्योलमा परेको छ । उनीहरुले अत्यावश्यक बाहेकको सेवा रोक्ने चेतावनी दिएपछि सरकार अप्ठेरोमा परेको छ ।

७५३ स्थानीय तहकै कर्मचारीहरु काठमाडौं आइपुगेका उनीहरुले बुधबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।१५ असोजदेखि स्थानीय तहका कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडौं केन्द्रित आन्दोलन थालेका हो ।

समितिका संयोजक दीपक गौतम प्रत्येक स्थानीय तहबाट कम्तीमा एक जनाा स्थानीय कर्मचारी काठमाडौं आइपुगेको बताउँछन् । ‘१८ गतेसम्म हाम्रा मागको सुनुवाई भएन हामी १९ गतेदेखि स्थानीय तहमा पेन डाउन गर्छौं, अत्यावश्यकबाहेकका सेवा दिंदैनौं’, उनले भने ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।