२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

राष्ट्रसंघका महासचिव नेपाल आउँदै, शान्ति प्रक्रियामा मूल चासो

१७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् ।

२६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्नेछन् ।

त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए । २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महासचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा एन्टोनियोको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।