२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

धार्मिक र सामाजिक सद्भावमा बिग्रने गतिविधि नगर्न कांग्रेसको अपिल

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न÷नगराउन सबैमा अपिल गरेको छ ।

सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर अपिल गरेका छन् ।

‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्र्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गर्दछ,’ देउवाले बुधबार निकालेको अपिलमा भनिएको छ ।

परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ मिलेर बसिरहेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।