२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम : आगामी मन्त्रिपरिषद्बाट फागुन १ को बिदा फिर्ता लिनुस्

१६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएका छन् । आगामी मन्त्रिपरिषद बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उनको तर्क छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले आफूहरुको विरोधका बाबजुद सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेको बताए ।

२०७९ सालको माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा १० वर्षसम्म चलेको सशस्त्र युद्ध २०५२ साल फागुन १ गतेदेखि सुरु भएको थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।