२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

१४ असोज, काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

दाहालका अनुसार हिरासत अवधि अनमोल पक्राउ परेको दिन शुक्रबारदेखि कै गणना हुने छ ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।