२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

केन्द्रीय समिति बैठक २-२ महिना बस्नु व्यवहारिक हुँदैनः नारायण खड्का

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले २÷२ महिनामा केन्द्रीय समितिको बैठक बस्नु व्यवहारिक नहुने बताएका छन् ।

केन्द्रीय समितिको चौथो दिनको बैठकमा बोल्ने क्रममा नेता खड्काले काठमाडौं बाहिरबाट आउने केन्द्रीय सदस्यलाई २÷२ महिनामा आइरहन समस्या हुने बताए ।

‘काठमाडौं बस्नेलाई त ठिकै छ । टाढा टाढाबाट आउनले तेल खर्च, होटल खर्च हेर्‍यौं भने यो त्यति व्यवहारिक हुँदैन,’ खड्काले भने । कांग्रेस विधानमा २÷२ महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ ।

वर्षमा न्युनतम ३ पटक केन्द्रीय समिति बैठक बसाउन उपयुक्त हुने उनले राय दिए । २÷२ महिनामा बस्दा बैठकमा राखिने धारणाहरु समेत कमि हुनसक्ने खड्काले बताए । महासमिति बैठकबाट यस विषयमा विधान संशोधन गर्ने अपेक्षा खड्काले गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।