२० फाल्गुन २०८२, बुधबार
राजनीति

गृहमन्त्रीको आक्रोश : मन्त्री भएका कारण उठ, आइज भन्ने हुन्छ र !

७ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् ।

अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाए ।

‘सभापतिजीले तपाईँ नआइकन बैठक नै चल्न दिन भन्नुभयो भनेर के भन्नुभयो’, सदासयता देखाएर मात्र आफू आएको भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘म संसदलाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मुल्य मान्यता, त पनि त हुँदो हो नि ! हामी पद्दतीमा चल्नु पर्‍यो ।’

साथै उनले आएको बेलामा सबै विषयमा प्रश्न राख्ने भने संसदमा जस्तै प्रश्नउत्तर राख्न सुझाए । ‘म आएको बेलामा सधैं यसरी प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखिदिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि’ उनले भने, ‘मन्त्री भएका कारण उठ, आइज, तँ कहाँ छन् भन्ने हुन्छ र !’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।