२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषसँग माग्यो गौशाला चोकको भवन

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा मारवाही सेवा समितिले बहालमा लिएर सञ्चालन गर्दै आएको भवन आफूहरुलाई दिन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरेको छ ।

महानगरपालिकाले कोषलाई एक पत्र लेखी काठमाडौं महानगरपालिका– ८ गौशाला चोकमा रहेको उक्त भवन र जग्गा धार्मिक पर्यटन तथा साँस्कृतिक महत्वको केन्द्रको रुपमा विकास तथा प्रयोग गर्न आवश्यक भएको भन्दै मागेको हो ।

उक्त क्षेत्रमा महानगरपालिकाले आफ्नो खर्चमा साँस्कृतिक तथा धार्मिक केन्द्रको रुपमा विकास तथा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पत्रमा उल्लेख गरेका छन् ।

मारवाही सेवा समितिले बहालमा लिई सञ्चालन गरिरहेको उक्त भवन र जग्गाको सम्झौता पशुपति क्षेत्र विकास कोषले हालै रद्द गरेको थियो ।

कोषको निर्णयविरुद्ध मारवाडी सेवा समिति अदालत गए पनि अदालतले कोषको पक्षमा आदेश दिएको थियो । त्यसलगत्तै काठमाडौं महानगरपालिकाले सो भवन र जग्गा आफूलाई दिन आग्रह गरेको हो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।