१९ फाल्गुन २०८२, मंगलवार
समाज

प्रचण्ड भ्रमणमा चिनियाँ र नेपाली किताबको अनुवाद एजेण्डा

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘ प्रचण्ड’को आसन्न चीन भ्रमणमा चिनियाँ साहित्यलाई नेपाली अनुवाद तथा नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गर्ने समझदारी हुने भएको छ ।

क्याबिनेट बैठकमार्फत् उक्त निर्णय पारित भएको एक मन्त्रीले बताए । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट पेश भएको प्रस्ताव प्रधानमन्त्री प्रचण्डको भ्रमण एजेन्डामा पर्ने भएको हो ।

‘प्रधानमन्त्रीज्यूको भ्रमण बैठकबाट स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘चिनियाँ साहित्यलाई नेपालीमा, नेपाली साहित्यलाई चीनमा अनुवाद गर्नुपर्छ । नेपाली किताबहरुलाई अझै बलियोसँग ठूलो पाठक जनसंख्या माझ पुर्‍याउन चीन भ्रमणमा पहल हुने भएको छ ।’

प्रधानमन्त्री प्रचण्ड असोज पहिलो साता अमेरिकाबाट बेइजिङ उड्नेछन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व