२१ माघ २०८२, बुधबार
राजनीति समाज

६० किलो सुन प्रकरणको मुद्दा आइतबार मात्र दर्ता हुने

२९ भदौ, काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

पक्राउ परेका ३२ जना मध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले सिफारिस गरेको छ ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यो प्रतिवेदनमाथि सरकारी वकिल र सीआईबीबीच थप छलफल चलिरहेकाले आइतरबार मात्रै मुद्दा दर्ता हुने श्रोतले जनाएको छ ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व