२७ फाल्गुन २०८२, बुधबार
राजनीति

सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाटमा, अन्तिम विदाइ

२८ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।

फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् । अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । अब उनको दाहसंस्कार गरिने छ ।

यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ ।

शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि-अघि र शव बोकेको गाडी पछि-पछि थियो । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी छन् ।

संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति छ । उनीहरु हातमा फूलमाला लिएर लामबद्ध छन् । यो क्षणको दृष्य क्यामरामा कैद गर्न चाहनेहरु र समाचार संकलन गर्ने पत्रकारहरुको पनि संख्या उल्लेख्य छ ।

गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।