२७ बैशाख २०८३, आईतवार
राजनीति

गृह मन्त्रालयले गर्‍यो १० सहसचिवको सरुवा, सिडिओहरू फेरिए

२५ भदौ, काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरी विभिन्न जिल्लामा नयाँ सिडिओ खटाएको छ । भक्तपुर, महोत्तरी, रुपन्देही र दाङमा मन्त्रालयले नयाँ सिडिओ पठाएको हो ।

भक्तपुरमा रोशनी कुमारी श्रेष्ठ, रुपन्देहीमा गणेश अर्याल, दाङमा रामबन्धु सुवेदी तथा महोत्तरीमा शिवराम गेलाललाई सिडिओका रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सहसचिव रुद्रबहादुर तामाङलाई अध्यागमन विभागको महानिर्देशकमा खटाएको छ । यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी छानबिनका लागि मन्त्रालय तानिएपछि विभागको नेतृत्व रिक्त थियो ।

तामाङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । त्यस्तै, विमानस्थलका अध्यागमन प्रमुख अध्यागमन अधिकृत पनि फेरिएका छन् । विमानस्थल अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ

रुपन्देहीका सिडिओ भरतमणि पाण्डे, महोत्तरीका दिपक पहाडी तथा भक्तपुरका खगेन्द्र रिजाललाई मन्त्रालयमा तानिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।