१७ चैत्र २०८२, मंगलवार
राजनीति

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो ।

लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएका छन् । ‘प्रधानमन्त्रीले त्यही छलफलमा प्रतिवद्धता जनाउनु भएको थियो, त्यसअनुसार मुख्य सचिवलाई निर्देशन दिनु भएको छ,’ स्रोतले भन्यो ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारुको भ्रमण रोकिएको छ । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए ।

अहिले परराष्ट्रमन्त्री एनपी साउद गइसके ।

बाँकी टोलीका सदस्यहरु कटाएर सानो बनाउने गृहकार्य छ । ‘मुख्य सचिवले ५ सदस्यीय बनाउने भन्नुभएको छ’ एक अधिकारी भन्छन्, ‘कोको भन्ने टुंगो लागेको छैन ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।