Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गीतकार आनन्दराज खनालको नयाँ गीत सार्वजनिक

रातो कागज
2 वर्ष अघि

२३ भदौ, काठमाडौं । गीत गीतकार आनन्दराज खनालको नयाँ गीत ‘तिमीले रोजेको मान्छे’ सार्वजनिक भएको छ।

उनले आफ्नै युट्युब च्यानलमा उक्त गीतको म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक गरेका हुन्।

आनन्दराज खनालकै शब्दमा रहेको उक्त गीतको संगीता युवा संगीतकार दिपक शर्माले गरेका छन् भने सुशान्त गजुरेलले संगीत संयोजन गरेका छन्। गीतमा सविन सुवेदी र अनु चौधरीले गाएका छन् ।

गीतको उक्त भिडियोमा गीतकार, संगीतकार, संगीत संयोजक, गायक-गायिकासँगै बसेर अभिनय गरेको दखिन्छ ।

कसैले रोजेको, खोजेको र चाहेको मान्छेको गुण कस्तो हुन्छ भन्ने कुरा गीतले भनेको ५ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा परिचित खनाल पछिल्लो समय गीत लेखनमा पनि उत्तिकै सक्रिय छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया