२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

टीआरसीमा सहमति जुटाउन संसदीय उपसमिति सक्रिय

२२ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन थप सात दिनको समय पाएको संसदीय उपसमिति सक्रिय भएको छ । अनौपचारिक छलफलमा रहेका समिति सदस्यहरु आइतबार औपचारिक छलफलमा जुट्दैछन् ।

उपसमिति सदस्य सन्तोष परियारका अनुसार आइतबार बिहान साढे ८ बजे उपसमितिको बैठक बोलाइएको छ । अब बस्ने बैठकले प्रतिवेदन लेखनको कार्य सुरु गर्ने जनाइएको छ ।

यसअघि संसदीय उपसमितिले बिभिन्न सरोकारवाला पक्ष र विधेयकमाथि संशोधन दर्ता गर्ने सांसदहरुसँग छलफल गरिसकेको छ ।

उपसमितिमा सुवासचन्द्र नेम्बाङ, महेशकुमार बर्तोला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर सदस्य छन् ।

पछिल्लो पटक उपसमितिको म्याद सात दिन थपिएको छ । १९ भदौमा बसेको समिति बैठकले सात दिन म्याद थपेको हो । जेठ ५ गते गठित उपसमितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो ।

समय अपुग भएको भनी असार ५ गते १५ दिनको म्याद थप गरिएको थियो । अझै प्रतिवेदन लेखनको कार्य सुरु गर्न नसकिएको भन्दै उपसमितिले माग गरेको आधारमा पुनः ७ दिन समय थपिएको हो ।

थपिएको समयभित्र उपसमितिले आफ्नो प्रतिवेदन समितिमा पेश गर्ने गरी गृहकार्य अगाडि बढाएको उपसमिति सदस्यहरु बताउँछन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।